शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपतिद्वारा उधौलीको अवसरमा शुभकामना अभिव्यक्त

काठमाडौ मंसिर १७,  राष्ट्रपति विद्यादेवी भण्डारीले उधौली पर्वको अवसरमा सम्वद्ध सवैमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, सुख शान्ति, समृद्धि, आपसी सद्भाव, एकता, भाइचारा एवं उत्तरोत्तर प्रगतिका हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

आज जारी गर्नु भएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले नेपालका किरात जातिको उधौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका राष्ट्रपतिले बताउनुभएको छ ।

सन्देशमा उहाँले उधौलीजस्ता पर्वले नेपालका सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशको प्रगतिपथमा संलग्न हुने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु भन्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।