शनिबार, बैशाख १५, २०८१

मुलुकको समृद्धिको लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउनुको विकल्प छैन: नेता सिंह

ललितपुर मंसिर १६ आगामी विहिवार दोस्रो चरणको निर्वाचन अन्र्तगत ललितपुर काँग्रेस क्षेत्र न १ मा चुनावी प्रचार प्रसारको क्रममा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई अत्यधिक मतले विजयी गराउन आह्वान गर्नुभएको छ ।

त्यस्तै नेता सिंहले काँग्रेसकै नेतृत्वमा शान्ति र समृद्धिको अभियानलाई सफल बनाउन पनि लोकतान्त्रिक गठबन्धनलाई जिताउनुको विकल्प नभएको भन्दै मुलुकमा यो वा त्यो वहानामा कम्नुष्टले जितेमा मुलुकमा अराजकताले प्रशय पाउँने बताउँनु भएको छ ।

त्यस्तै सभालाइ सम्बोधन गर्दै राप्रर्पा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले लोकतान्त्रिक गठबन्धनको सरकारले मात्र देशलाई समृद्धितर्फ लैजान सक्ने धारणा अभिव्यक्त गर्नु भएको थियो भने काँगे्स नेता धनराज गुरुङले “वृद्ध भत्ता राज्यले बाँडेको हो कुनै दल विशेषले होइन भन्दै वृद्धभत्ताको नाममा राजनीति नगर्न विपक्षी पार्टीको ध्यानाकर्षण गराएका छन ।

सभामा लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं अर्थराज्यमन्त्री उदयशम्शेर राणा , प्रदेश (क) का उम्मेदवार ऋषिराम घिमिरे प्रदेश (ख) का उम्मेदवार मीनकृष्ण महर्जन, गोदावरी नगर प्रमुख एवं काँग्रेस क्षेत्र नं ३ का सभापति गजेन्द्र महर्जन लगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।