शनिबार, बैशाख १५, २०८१

१७ किलो सुनसहित तामाङ पक्राउ

काठमाडौं मंसिर २,  अवैध रुपमा चीनको केरुङ नाकाबाट नेपाल भित्र्याइएको सुनसहित आज बिहान सीमा प्रहरीचौकी टिमुरेले ३१ वर्षीय कारसाङदावा तामाङ लाई बिहान ९ः३० बजे रसुवागढी नाकामा पक्राउ गरेको छ ।

सीमा प्रहरीचौकी टिमुरेलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार अवैध सुन ल्याएको भन्ने सूचनाको आधारमा चेकजाँच गर्दा सुन ल्याउन प्रयोग भएको बा ११ च ७९१८ नं को बोलोरो जिप सहित तामाङलाइ पक्राउ गरिएको र सर सम्बन्धमा आवश्यक कारवाही सुरु गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।