बुधबार, बैशाख १२, २०८१

काठमाडौं ८ मा वाम गठबन्धनको रणनैतिक भेला

काठमाडौं मंसिर २ , आगामी मंसिर २१ गते दोस्रो चरणको निर्वाचन अन्र्तगत ४५ जिल्लामा हुने निर्वाचनका लागि वाम गठबन्धनले आफ्नो चुनावी तयारीलाइ दिनानुदिन तिव्रता दिईएको छ ।

यसैक्रममा काठमाडौं लक्षित तयारी अन्र्तगत काठमाडौं निर्वाचन क्षेत्र न ८ मा वाम गठबन्धन अन्र्तगत प्रतिनिधि सभा सदस्यका उम्मेदवार जीवनराम श्रेष्ठ, प्रदेश १ का उम्मेदवार राजेश शाक्य र प्रदेश २ का उम्मेदवार अष्टलक्ष्मी शाक्यलाइ निर्वाचित गराउँन कामपा वडा न १३ मा रणनैतिक भेलाको आयोजन गरिएको छ ।

भेलामा कामपा वडा न् १३ का वडाध्यक्ष धुव्रनारायण मान्नधर जिल्ला समन्वय समितिका सभापति समेत रहेका एमाले नेता शिव बैध र माओवादी केन्द्रका नेता रामशरण डंगोल लगायतका दर्जनौ नेता तथा कार्यकताको उपस्थिती रहेको उक्त भेलामा उम्मेदवार श्रेष्ठको सम्बोधन पछि आसन्न निर्वाचनमा र विजयको आधार तयार पार्न विभिन्न रणनैतिक कार्य योजना तयार पारेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।