शुक्रबार, चैत्र १६, २०८०

माओवादी प्रवेशका लागि उम्मेदवारी सहित पार्टी परित्याग

 रोल्पा मंसिर २,  रोल्पाको लिवाङमा शुक्रवार आयोजित वाम गठबन्धनको चुनावस् सभाका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक प्रदेशसभाका लागि उम्मेदवार  रहेका वीरसिंह ठकुरीले आफ्नो उम्ेदवारी र आफु आवद्ध पार्टी समेत परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेता ठकुरीलाई माओवादी नेतााद्दय कृष्णबहादुर महरा, वर्षमान पुन,र एमालेका पोलिटब्युरो सदस्य गोकुल घर्तीलगायतले स्वागत गरेका थिए ।

 राप्रपा प्रजातान्त्रिकको केन्द्रीय सदस्य तथा राप्ती अन्चल प्रमुखसमेत रहेका सिंहले पार्टी परित्याग संगै वाम गठबन्धनलाई सहयोग गर्ने चुनावी सभाम प्रतिवद्धता आभिव्यक्त गरेको समाचारमा उल्लेख गरिएको छ ।  ठकुरीले पार्टी परित्याग गरेपनि रोल्पामा राप्रपा प्रजातान्त्रिको तर्फबाट प्रतिनिधिसभामा तीलबहादुर ओली र प्रदेशसभा ख कालागि  हरिकला बुढाथोकीको उम्मेदवारी कायम रहेका प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।