शनिबार, बैशाख १५, २०८१

मा.के.अध्यक्ष प्रचण्ड पुत्र प्रकाशलाइ गम्भिर प्रकृतिको हर्ट अट-याक, स्थिती अत्यन्त गम्भिर

काठमाडौं मंसिर ३,  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाललाइ गम्भिर प्रकृतिको हर्ट अटयाक भएको छ ।  हृदयघात भएपछि भएका कारण आइतबार बिहानै काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएका दाहालको अवस्था निकै नाजुक रहेको बताईएको छ । दाहालको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताईएपनि अस्पतालले आधिकारिक केही बताएको छैन ।

छोराको गम्भिर विरामीका कारण मोरङको आज हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छोडेर दाहाल काठमाडौं फर्कदै गरेको बताईएको छ ।  त्यस्तै माओावदी प्रवक्ता पम्भा भुसालले दिएको जानकारी अनुसार प्रकाश दाहालको निधन भइसकेको र आधिकारिक जानकारी दिनका लागि प्रचण्डलाई कुरेर बसिएको बताए ।

दाहाल पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका एक मात्र छोरा हुन् । उनी दाहालको सचिवालयमा काम गर्दै आएका थिए । माओवादीले चलाएको सशस्त्र युद्धमा समेत सामेल दाहालका दुई श्रीमती र दुई छोरा छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।