बिहिबार, बैशाख १३, २०८१

काग्रेसका वरिष्ठ नेता पौडेललाई लक्षित प्रेसर कुकुर वम प्रहार

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार गरिएको घटनाको भर्त्सना गर्दै घटनामा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन माग

काठमाडौं मंसिर २,  चुनाव प्रचार प्रसारको क्रममा रहेका काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा आयोजित आमसभालाई सम्बोधन गर्न जाने क्रममा प्रेसर कुकुर वम प्रहार भएको छ ।  आज अपरान्ह ३ बजेको समयमा भएको उक्त वम प्रहारबाट नेता पौडेल सुरक्षित भएपनि उहाँ सवार बा१३च ३७४२ नं गाडिको सिसा फुटेको प्राप्त समाचारमा उलेख गरिएको छ ।

यसैवीच नेपाली कांग्रेसले आफ्ना पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार गरिएको घटनाको भर्त्सना गर्दै घटनामा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।  कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडलद्वारा शनिबार जारी विज्ञप्तिमा लोकतन्त्रलाई नै समाप्त गर्ने आपराधिक मानसिकताबाट सुनियोजितरुपमा यसप्रकारका घटना घटिरहनु अत्यन्त दुःखद् भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।   त्यस्तै विज्ञप्तिमा लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको उल्लेख गर्दै कांग्रेसले यसप्रकारका घटना दोहोरिन नदिन सरकारसँग माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।