शनिबार, बैशाख ८, २०८१

प्रचण्डपुत्र प्रकाशको ३६ वर्षको अल्पायुमा निधन, अस्पतालले केहीबेरमा औपचारिक घोषणा गर्दै

 काठमाडौं मंसिर ३, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको ३६ वर्षको अल्पायुमा निधन भएको छ । उनको आइतबार बिहान गम्भिर प्रकृतिको हृदयघातपछि नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । तर, अस्पतालले भने औपचारिक जानकारीका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ । उनका पोखरामा रहेकी श्रीमती सिर्जना छोरासहित नर्भिक अस्पतालमा पुगेकी छिन् ।

छोराको निधन भएपछि मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने तयारीमा झापा विर्तामोडमा रहेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्किंसेका छन ।  छोराको निधन भएको खबरपछि दाहाल आइतबार मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छाडेर काठमाडौं फर्केका हुन् ।  नर्भिक अस्पताल परिसरमा अहिले पार्टीका कार्यकर्ता आफन्त, शुभचिन्तकतथा पत्रकारको ठूलो भिड लागेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।