शनिबार, बैशाख १५, २०८१

बम बनाउँन प्रयोग हुने डिटोनेटरसहित विप्लव माओवादीका कार्यकर्ता खतिवडा पक्राउ

 धादिङ मंसिर  ६ , धादिङको थाक्रे गाउँपालिकाको वाम गठबन्धनद्दारा धादिङको धार्केमा आयोजना गरिएको आसन्न निर्वाचन लक्षित चुनावीसभा बिथोल्ने योजना सहित सकेट बम बनाउन लागेको अवस्थामा विप्लव माओवादीका कार्यकर्ता कृष्ण खतिवडालाई पक्राउ गरेका छन ।  प्रहरीले सुराकीका आधारमा खतिवडालाई बम बनाउन प्रयोग हुने डिटोनेटरसहित हिरासतमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका धादिङलाइ उदृत गर्दै प्राप्त समाचारमा जनाईएको छ । यसअघि धादिङ जिल्लामा विप्लवका पाँच कार्यकर्तालाई चुनावी सुरक्षाअन्तर्गत पक्राउ गरिसकेका छन ।

यसैवीच निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा प्रहरीले विप्लव माओवादीकी कार्यकर्ता ज्योति प्रसाईं रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  प्रहरीका अनुसार प्रसाईं निर्वाचन बिरोधी गतिबिधिमा संलग्न रहेको अरोपमा प्रहरीले उनलाई स्थानीय बिपी चोकबाट गए राति पक्राउ गरिएको प्राप्त समाचारमा  उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।