बिहिबार, बैशाख १३, २०८१

संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसलाई निर्वाचित गराउँन नेता सिंहको आग्रह

काठमाडौ मंसिर ६,  आसन्न निर्वाचनको चुनावी घरदैलो कार्यक्रमअन्तर्गत आज घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा भएको भेलालाइ सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सविधानलाई संस्थागत गर्न नेपाली काँग्रेसको आवश्यकता रहेको बताउनुभएको छ ।

काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता सिंहले काँग्रेसले गरेको बाचाअनुसार संविधान जारी गरिएको र सो संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसलाई जिताउन सबै मतदातामा आग्रह गर्दै देशको आर्थिक विकासका लागि आफू लागिपर्ने प्रतिवद्धता समेत त्यस अवसरमा व्यक्त गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।