बिहिबार, बैशाख १३, २०८१

‘राष्ट्र प्रमुखमा राजसंस्था राख्नका लागि आफ्नो उम्मेदवारी ’ उम्मेदवार तिमिल्सिना

ललितपुर मंसिर ६, श्यामप्रसाद तिमिल्सिना यस पटक पनि एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बाट प्रतिनिधिसभाको लागि ललितपुर क्षेत्र नं ३ बाट चुनावी मैदानमा उत्रिएका छन् । तत्कालीन जिल्ला विकास समिति ललितपुरको उपसभापति समेत रहेका तिमिल्सिना केशरबहादुर विष्टपछिको राजवादी नेताका रुपमा परिचित रहेका छन् ।   धर्म सापेक्षता, राजासहित प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने एजेन्दा सहित चुनावी चटारोमा होमिएका उम्मेदवार तिमिल्सिनाले घरदैलो अभियानलाई तीब्रता दिइरहेका छन् ।

चुनावी घरदैलोको क्रममा हाम्रा प्रतिनिधीसंग कुरा गर्दै उम्मेदवार तिमिल्सिनाले आफ्नो पार्टीर्को प्रतिबद्धता भनेको बौद्ध, मुसलमान, किँरात लगायत सबै धर्मको सम्मान गर्दै नेपालको पहिचान सनातन हिन्दु राष्ट्र कायम गर्ने, राष्ट्रप्रमुखको रुपमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको निर्वाचन गर्ने रहेको बताए ।

साथै हिमाल, पहाड र तराई मधेश सबै नेपालीको स्वाभिमान र आत्मसम्मानको रक्षा र भ्रष्टाचार मुक्त समाज निर्माण गर्न पार्टीले देशैभरि उम्मेदवारी दिएको बताउँदै नौ–नौ महिनामा सरकार परिवर्तनले गर्दा मुलुकमा अस्थिरता उत्पन्न हुनाले संविधान संशोधन गरी कार्यकारी निर्वाचित प्रधानमन्त्री र राष्ट्र प्रमुखमा राजसंस्था राख्नका लागि जनताले आफ्नो पार्टीलाई संसदमा प्रतिनिधित्व गराउने विस्वास समेत व्यक्त गर्नु भएको छ ।   ललितपुर क्षेत्र नं ३ अन्र्तगत हरिसिद्धि, ठैब, बाडेगाउँ, सुनागुठी, ठेचो, बुंङ्गमती, खोकना ललितपुर महानगरपालिका १, २, ३, ४, ५, १०, १३, १४, १५, २० वडा समेटिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।