शुक्रबार, बैशाख १४, २०८१

मोरङका बाढीपहिरो पिडितका लागि युवा अभियन्ताद्दारा राहत संकलन, विहिवार वितरण गरिने

काठमाडौं भाद्र १० ,  बाढी पहिरोका कारण देशभर ठूलो संख्यामा जनधनको क्षति भएको छ । देशका विभिन्न जिल्लामा अविरल बर्षापछि सुरु भएको प्राकृतिक IMG_20170826_104801IMG_20170826_105750IMG_20170826_104834 IMG_20170826_104849 IMG_20170826_104822प्रकोपमा परी हजारौं नेपाली नागरिक विस्थापित भएका छन् भने बाढीका कारण अर्वौंको क्षति भएको छ ।  यहि मेसोमा बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकका परिवार तथा विस्थापत भएका नेपालीको सहयोगार्थ नेपालका लागि नेपाली भन्ने मुल मन्त्र सहित सहयोगी हातहरु अगाडी बढाउदै ज्ञानोदय पूर्व विधार्थी समाज नेपाल, जागरुक युथ नेपाल(JYN), हामी सक्षम नेपाली (HSN), जक्सन अफ युथ (JOY)का युवा शक्तिले रात दिन एक गरेर आवश्यक खाद्यान्न् औषिधीमुलो लत्ताकपडा लगायतका सामग्री संकलन गरेका छन ।  यतिमात्र नभएर संकलीत सामाग्री मध्ये पिडितले तत्काल प्रयोग गर्न सक्ने लत्ताकपडाको छनौट गर्दै हिफाजत पूवर्क प्याक गर्दै समाजसेवाको क्षेत्रमा ज्ञानोदयका राम महर्जन ,निरु महर्जन सन्जिव शाही अनिल थापा मगर, प्रवेश ब्रजाचार्य , अभिलाषा अर्याल, किशोर भटटराइ ज्ञानबहादुर मगर राजु पण्डित लगायतका युवा व्यक्तित्व अहोरात्र लागि पर्दै आएका छन ।

यिनै युवा मध्येका राम महर्जनले आगामी विहिवार मोरङ क्षेत्रका बाढी पहिरो नागरिकका IMG_20170826_104755लागि संकलीत रामाग्री प्रत्यक्ष रुपमा स्थानीय प्रशासान र स्थानीय संघ संस्थाको संयोजनमा वितरण गर्न जाने तयारी भइरहेको बताए  । प्रत्येक वर्ष जस्तो प्राकृतिक प्रकोपका मारमा पर्दै आएका नेपालीहरुको सहयोगार्थ दिन रात नभनी स्वयमसेवक रुपमा आफुलाइ प्रस्तुत गर्दै आइरहेका अभियन्ताहरुले गत २०७२ को बैशाख १२ को महाभूकम्पको समयमा  पनि यस्तै  उदाहरणीय कार्य गरेका थिए ।

यद्यपी सहयोगी हातका रुपमा क्रियाशिल यि युवा शक्ति मध्येका सन्जिव शाहीले हामीसंगको भेटमा भने- राज्यलाइ थाहा छ ,प्रत्येक वर्ष यस किसिमको समस्या सिर्जना हुन्छ भन्ने तर राज्य समस्या समाधान तर्फ अगाडिनै जागरुक भएको भए यसवीचमा हुने गरेको धनजनको क्षतिलाइ न्यूनिकरण गर्न सक्थ्यो । तर खै किन गर्दैन राज्यले पूर्व तयारी भन्दै प्रतिप्रश्न गरे । साथै भने- गर्न खोज्ने सहयोगी हातलाइ पनि यो वा त्यो बहानामा अंकुस लगाउँने काम बन्द गर्दै  सहयोग गर्दै उत्साहित बनाउँनु पर्नेमा निरुत्साहित गर्ने काम हुने गरेको बताए ।   जे होस नेपालीको पिडा नेपालीले नै बुझछ भन्ने सास्वत सत्यलाइ आत्मासात गर्दै क्रियाशिल यि युवाकोहरुको भूमिका आफैमा तारिफयोग्य रहेको छन । सहयोग गरौ । IMG_20170826_105736 सहकार्य गरौ ।