शुक्रबार, बैशाख १४, २०८१

भारतको ५ दिने भ्रमणपछि प्रधानमन्त्री देउवा आज स्वदेश फर्किदै

काठमाडौं भाद्र ११,  भारतका समकक्षी प्रम नरेन्द्रमोदीको औपचारिक निमन्त्रणामा ५ दिने भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किदै हुनुहुन्छ । प्रम देउवाले भ्रमणको क्रममा राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्रीलगायतका नेता र उच्च अधिकारीसँग उच्चस्तरको राजनीतिक भेटघाट सहित Captureथिर्थाटन गर्दै आज स्वदेश फर्किन लाग्नु भएको हो ।  यसैक्रमममा प्रधानमन्त्री देउवा र विहारका मुख्यमन्त्री नीतीश कुमारबीच हिजो शनिवार साँझ भेटवार्ता गर्नु भएको छ ।

थिर्थाटनको क्रममा प्रधानमन्त्री देउवाले आज गयास्थित महाबोधी मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको र त्यसपछि अपराह्न ३ बजे दिल्ली जाने र दिल्लीबाट आजै साँझ ८ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।   त्यस्तै प्रम देउवाले भ्रमणको क्रममा नेपाल भारतका बीचमा आठबुँदे सहमति भएको छ भने ४६ बुँदे सयुक्त वक्तव्य जारी गरिएको छ ।