शनिबार, बैशाख १५, २०८१

अपार्टमेन्टका लागि बनाइएको भवनमा मेडिकल कलेज, त्यो पनि अनुमतिबिना नै सञ्चालन

काठमाडौ भाद्र ७, राजधानीको घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पतालले स्वास्थ्य मन्त्रालयबाट अनुमति नै नलिएको पाइएको छ । उक्त अस्पताललाई त्रिवि कार्यकारी परिषद्ले भने चिकित्साशास्त्र अध्ययन संस्थान (आइओए)को सहमतिबिना सम्बन्धन दिने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालय Captureचिकित्सासेवा महाशाखाका प्रमुख डा.भोलाराम श्रेष्ठले काठमाडौंले अस्पताल सञ्चालन अनुमतिका लागि निवेदन दिए पनि अनुमति पाइनसकेको खवर आजको नागरिकदैनिकमा प्रकाशित रहेको छ ।  प्रकाशित खवरमा त्रिविले ‘चोर बाटोबाट’ सम्बन्धन दिने प्रयास स्वरूप २०७० कात्तिकमा गराएको निरीक्षणबाट सबै पूर्वाधार पुगेको प्रतिवेदन तयार भएको झन्डै ७ महिनापछि मात्रै स्वास्थ्य मन्त्रालयमा सञ्चालन अनुमतिका लािग निवेदन दिएको छ ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड २०६१ को-संशोधन २०७०० अनुसार २ सय शड्ढयाभन्दा माथिका अस्पतालले स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति लिनुपर्ने व्यवस्था छ। यस्तै २५ शड्ढयाभन्दा माथिका अस्पतालले वातावरण संरक्षण ऐन २०५३ र नियामावली २०५४ अनुसार प्रारम्भिक वातावरणीय परिक्षण वा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत पेस गर्नुपर्छ । काठमाडौंसँग दुवै प्रतिवेदन छैनन् । अस्पताल सञ्चालनका लागि तोकिएको मापदण्ड पूरा गर्न सुरुमै भवन बन्नुपर्छ । तर अपार्टमेन्टका लागि बनाइएको भवन नबिकेपछि सञ्चालकहरूले मेडिकल कलेज खोलेका थिए।

सम्बन्धन पाएपछि अनुगमनका क्रममा अस्पतालका लागि आवश्यक पर्ने कुनै पूर्वाधार नभएको सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयले अस्पतालबारे अनुसन्धान गर्न कार्यदल बनाएको छ । मंगलबार गठित कार्यदलको संयोजकमा मन्त्रालयको अनुगमन महाशाखा प्रमुख डा.दीपेन्द्ररमण सिंह छन् । चिकित्सा सेवा महाशाखा प्रमुख डा.श्रेष्ठ, डा। गुणराज लोहनी, औषधि व्यवस्था विभागका निर्देशक नारायण ढकाल, जनस्वास्थ्य प्रयोगशालाकी डा। रुना झा, वीर अस्पतालका पूर्वनिर्देशक डा। स्वयंप्रकाश पण्डित, नर्सिङका तर्फबाट कविता अर्याल र मन्त्रालयका उपसचिव भवनाथ खतिवडा कार्यदलका सदस्य छन् । कार्यदललाई प्रतिवेदन पेस गर्न सात दिन समय दिइएको छ।  सामान्यतया कलेजले सम्बन्धनका लागि निवेदन दिएपछि प्रक्रिया प्रारम्भ हुनुपर्नेमा त्रिविले २०७० असोज १० मा सूचना जारी गरेर सम्बन्धनका लागि आह्वान गरेको थियो । चार वटा कलेजले निवदेन हालेपछि त्रिविले कत्तिकमा समिति बनाएको थियो ।