शुक्रबार, बैशाख १४, २०८१

गायक थकालीको रकस्टारको विमोचित

काठमाडौ श्रावण ६, बिगत लामो समय देखि जापान बस्दै आएका सुमधुर आवाजका धनि रक गायक सुदिप कुमार थकालीको बहु प्रतिक्षित पहिलो गीति एल्बम  रकस्टारको एक भब्य समारोह बीच काठमाडौँमा विमोचन गरिएको छ।  प्रमुख अतिथि बरिष्ट संगीतकार दिपक जंगम तथा संगीतकार प्रदिम बम्जन संगीता प्रधान Captureतथा संगीतकार राम सिटौला बिसेष उपस्थितमा सम्पन्न बिमोचन समारोहमा अन्य धेरै नायक नायिका, गायक गायिका,कलाकार तथा पत्रकारहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।  सास्त्रीय संगीत देखि लिएर विभिन्न विधाका संगीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त रक गायक सुदिप कुमार थकाली एक शालीन तथा मिलनसार स्वभाबका छन  ।
उक्त एल्बम बिमोचन कार्यक्रममा प्रमुख अतिथि जंगमले गायक सुदिप थकालीको पहिलो एल्बम  रकस्टार  को प्रसंसा गर्दै यस एल्बमले चाडैनै सांगीतिक फाटमा बेग्लै पहिचान बनाउन सक्ने र नेपाली गित संगीत क्षेत्रमा नया आयाम थप्ने कुरामा बिस्वस्त हुदै उनको एल्बमको समिक्षा गरेका थिए । रक्स्टारू एल्बममा जम्मा सात वटा गीतहरु रहेका छन,जसमा गायक सुदिप कुमार थकाली, गायक उदेश श्रेष्ठ र आशु लामाको शब्द संगीत रहेको छ । उक्त अबसरमा रकस्टार एल्बममा रहेको उडि जाने पन्छीू नामक गीतको म्युजिक भिडियो समेत लन्च गरिएको थियो जसमा नायिका तथा मोडल सुष्मा कार्की र निरन्जन प्रधानको जोडदार अभिनय रहेको छ उक्त म्युजिक भिडियोको निर्देशन सुब्रत आचार्यले गरेका छन ।