शनिबार, बैशाख २२, २०८१

आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौ ज्येष्ठ २२,  आज विश्व वातावरण दिवस । हरेक वर्ष जुन ५ का दिन मनाइने यो दिवस नेपालमा ‘प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस् अनन्त’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइदैछ ।  त्यस्तै दिवसको अवसरमा आज राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा विशेष कार्यक्रम पनि गरिँदैछ । संयुक्त batराष्ट्रसंघको आह्वानमा मनाउने गरिएको यस दिवस जनचेतना र मानवीय वातावरणको सुधार वातावरणीय संरक्षणको मूख्य एजेण्डा रहेको भन्दै मानवीय क्रियाकलापलाई वातावरणमैत्री बनाउनु पर्नेमा राष्ट्रसंघले जोड दिएको छ ।

यसै अवसरमा प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देश दिँदै प्रकृति र प्राकृतिक वातावरणको संरक्षण गरी सम्पूर्ण पृथ्वीकै सुरक्षित भविष्य सुनिश्चित गर्न व्यक्तिगत तथा सामूहिक रूपमा अझ सक्रिय हुन सबै नेपालीलाई आग्रह गरेका छन् ।  ‘यस दिवसले सबैलाई स्वच्छ, स्वस्थ र सन्तुलित प्रकृति र प्राकृतिक वातावरण बनाउन प्रेरित गरोस् भन्ने शुभकामना दिनु भएको छ ।