बिहिबार, बैशाख १३, २०८१

दलीय सहमति बन्न नसक्दा प्रधानमन्त्री चयन प्रक्रिया अवरुद्ध ,संसद बैठक ज्येष्ठ २३ गतेसम्मका लागि स्थगन

प्रधानमन्त्री चयन मङ्गलबार

काठमाडौ ज्येष्ठ २१,  प्रतिपक्षीदल नेकपा एमालेका कारण अवरुद्ध हुँदै आएको व्यवस्थापिका–संसदको बैठक सुचारु हुन नसक्दा आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औ प्रधानमन्त्रीमा चयन हन सकेनन ।

sambidhan-sabha-bhawan1111आजको बैठकमा काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका संसद्, नियमावली २०७३ को नियम ४९ को उपनियम( ४)  बमोजिम नेपालको प्रधानमन्त्री पदमा उम्मेदवारीको सूचना प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

हुनत आज संसद बैठक सुचारु गर्ने सवालमा प्रमुख दलबीच सहमति बनाउँन भन्दै संसद्को आज बिहान ११ बजेका लागि पूर्व निर्धारित बैठक अपराह्न ३ बजे बस्नेगरि स्थगन गरिएको थियो । यद्यपी यसवीचमा पनि दलहरुवीच सहमति बन्न सकेनन । अन्तत संसद बैठक ज्येष्ठ २३ गते १ बजे बजे बस्ने गरि स्थगित गरिएको थियो ।

यसवीचमा प्रमुख दलका शीर्ष नेताहरु क्रमस प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेल, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता खनाल, नेताहरु माधवकुमार नेपाल, वामदेव गौतमलगायतका नेताहरु पटकपटक बैठक बसेपनि बैठक निष्कर्षमा पुग्न नसेपछि संसद बैठक स्थगन गरिएको थियो ।  यसैवीच व्यवस्थापिका–संसद्को बैठक स्थगन भएसंगै अव प्रधानमन्त्री चयन प्रक्रिया  मङ्गलबार बस्ने संसद बैठकले गर्ने भएको छ राजनीतिक दलहरूबीच सहमति खोजी मङ्गलबार अपराह्न १ बजे प्रधानमन्त्री चयन प्रक्रिया सुरु गरिने संसद सचिवालयले जनाएको छ ।