बिहिबार, बैशाख २०, २०८१

संविधानको कार्यान्वयनका लागि संशोधनको प्रक्रिया अगाडि बढाउन आवश्यक : मन्त्री यादव

17125307_10206281983127178_1925447702_n17124982_10206281984687217_1216722005_n17124559_10206281984567214_2138894208_nकाठमाडौ फागुन २१,  १०७ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै समाजका विभिन्न तह र तप्का रहेर क्रियाशील व्यवसायी, उद्यमी, सामाजिक अभियन्ता, चिकित्सक, बैंकरलगायत क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका विभिन्न जिल्लाका दुइ दर्जन महिलालाई सम्मान गरेको छ ।

कार्यक्रममा शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले मुलुकको प्रमुख पदमा महिला हुनु गौरवको विषय भएको बताउँदै मुलुकमा जारी संविधानको कार्यान्वयनका लागि संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन आवश्यक रहेको र यसकालागि प्रतिपक्षीदल एमालेको सहयोगी भूमिका आवश्यक रहनुको अलावा स्थानीय तहको निर्वाचन प्रस्तावित मितिमा सम्पन्न गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

त्यस्तै गरि सहरी विकास राज्यमन्त्री मिठू मल्ल र नेकपा एमालेकी नेत्री तथा पूर्वमन्त्री शान्ता मानवीले विश्वहिन्दू महासंघका महासचिव अस्मिता भण्डारी लगायतका वक्ताले नारी अधिकारको कुरालाइ व्यवाहारिक रुपमानै कार्यान्वयन गर्ने तर्फ आशातित रुपमा प्रभावकारी नभएको जनाउ दिदै महिला अधिकारको सवालमा माथिल्लो तहमा मात्र नभइ तल्लो तहमा समेत अनुभूति गर्न सकिने वातावरण बनाउँन जरुरी रहेको र त्यसका लागि सबै मिलेर लाग्नुपर्नेमा उहाँहरुले जोड दिनुभएको थियो । गर्ने कार्यक्रम संस्थाका अध्यक्ष महेशजंग कुवंरको सभापतित्वमा सम्पन्न भएको थियो ।