शनिबार, बैशाख ८, २०८१

आजबाट रङहरुको पर्व होली सुरु (फोटो फिचर)

काठमाडौं फागुन २२ , आज फागुन शुक्ल अष्टमीका दिन अर्थात वर्ष २०७३को होली पर्व सुरु भएको सार्वजनिक उद्घोण गर्ने दिन । यसको लागि राजधानीको 1-1 4-1 6-1बसन्तपुरमा मानन्धर सनाःगु खल गुठीका मानन्धरहरुले रंगीचंगी कपडाका टुक्राहरु झुण्ड्याइएको चीर ठड्याउँनु पर्ने परम्परा रहिआएको छ । यसका लागि आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा रंगीचंगी कपडाका टुक्राले सजाईएको चीर ठड्याएसँगै उपत्यकामा विधिवतरुपमा होली सुरु भएको मान्निछ । हो बसन्त ऋतुको स्वागतसँगै साताव्यापी रुपमा उकआपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र बसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

धार्मिक कथन अनुसार आफ्ना विष्णुभक्त पुत्र प्रह्लादको हत्या गर्न खोज्ने दैत्यराज हिरण्यकश्यपुकी बहिनी होलिकाले ब्रह्माबाट आगोले नपोल्ने वर पाएकी हुन्छिन् । प्रह्लादलाई मार्ने योजनासाथ दन्किरहेको आगोमा पस्दा होलिका आफै भष्म भएको तर प्रह्लादलाई केही नभएको प्रसंग यस पर्वसँग जोडिएको छ । शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको खुशीयालीमा त्यसै बेलादेखि होली अर्थात् फागु खेल्ने परम्परा चलेको मानिन्छ । यस वर्ष राजधानीमा र पहाडमा फागुन २९ ९ र तथा तराई क्षेत्रमा भने भोलिपल्ट अर्थात फागुन ३० गते होली मनाइदैछ ।