बिहिबार, बैशाख २०, २०८१

मोर्चा र प्रहरीको झडपका बीच सप्तरीमा एमालेको जनसभा, एकको मृत्यु , दर्जनौ घाइते

सप्तरी फागुन २३ सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाको अवरोधका वीच पनि मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत एमालेको जनसभा सम्पन्न गरेको छ । जनसभा पूर्व पार्टीका अध्यक्ष केपी ओलीसहित शीर्ष नेताको टोली सप्तरी आउँदा मोर्चाका कार्यकर्ताले कालो झण्डा प्रदर्शन गरी विरोध गरेका थिए । तर कडा सुरक्षा व्यवस्थाका कारण जनसभा शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसैवीच जनसभा सम्पन्न भएपनि मोर्चाका कार्यकर्ताले एमाले नेताको गाडीमा ढुङ्गा प्रहार गर्नुका साथै सडकमा टायर बालेर विरोध गिर्न सुरु गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि पाँच राउण्ड हवाई फायर गरेको   गर्नुको अलावा  झडपमा मोर्चाका छ जना कार्यकर्ता घाइते भएका छन् ।  त्यस्तै झडपको क्रममा एमालेको कार्यक्रम स्थल औद्योगिक क्षेत्रको करिव १०० मिटर पर प्रहरीको गोली लागेर रञ्जन मेहताको मृत्यु भएको र झडपमा परि  घाइते भएका सबैको सगरमाथा अस्पताल सराजविराजमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ