मङ्लबार, बैशाख २५, २०८१

महासचिव भण्डारीद्दारा सप्तरी घटना प्रति दु:ख ब्यक्त

Anup_20170217_2काठमाडौं फागुन २३, एमालेको मेचीमहाकाली राष्ट्रिय अभियानअन्तर्गत आज सप्तरीको राजविराजमा भएको जनसभाको क्रममा जनसभाको विरोध गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका मधेसी मोर्चाका कार्यकर्ता प्रहरीवीच भएको भझडपमा प्रहरीको गोली लागेर ४जनाको मृत्यु र दर्जनौ घाइते भएको खबरले विश्वहिन्दू महासंघले दु:ख व्यक्त गरेको छ।

महासंघकी महासचिव अस्मिता भण्डारीले आज साँझ एक विज्ञप्ति जारी गर्दै प्रस्तुत घटनाले हाम्रोजस्तो बहुभाषिक , बहुसांस्कृतिक, बहुजातीय मुलक जहाँ विभितामा एकता कायम राख्दै , सामाजिक, सास्कृतिक सद्भाव र बसुदैब कुटुम्बकम्को उच्च भावना राख्ने हिन्दु धर्म संस्कृतिअनुसार कुनै दल,बर्ग, बर्ण ,सम्प्रदाय र भुगोलको आधारमा कसैलाई पनि निषेध नगरी दलीय स्वार्थ भन्दा माथि उठि समग्र राष्ट्रको उन्नति र बिकासका निम्ति लागि पर्नुको साटो मुलुकमा यो वा त्यो वहानामा देखिएको दलीय अकर्मण्यताका कारण आज सप्तरीमा गोलीकाण्ड  सहित अमानवीय घटना घट्न पुगेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा यि यस्ता घटनाले दिनानुदिन मुलुकको अबस्था निक्कै गम्भीर बन्दै गएको र मुलुकको मै हुँ भन्ने पार्टी र ति पार्टीका नेतृत्वगणले राष्ट्र र जनताका लागि सोच्ने र मुलुकलाई सहि मार्ग निर्देश गर्ने नसकेको् जिकिर गर्दै प्रस्तुत घटनाले सरकार र राजनीतिक दलहरु पूर्णरूपले असफल भएको भन्दै मुलुकलाइ सहिरुपमा दिशानिर्देश गर्दै हत्या र हिसांको राजनीतिलाइ तेजोवोध गर्न असल  अभिभावकको खाँचो भएको उल्लेख गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728