शनिबार, बैशाख २२, २०८१

थ्रेसहोल्ड राख्ने व्यवस्था प्रजातन्त्र विरोधी र प्रतिगामी कदम : नेमकिपा

 काठमाडौं चैत्र १०, नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत र पहिलो हुने निर्वाचन 17498458_10206674220853183_474081221525566236_nप्रणाली अन्र्तगत प्रत्यक्षतर्फ १ सिट प्राप्त गर्ने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने गरेको व्यवस्थाप्रति आपत्ति जनाएको छ ।

नेमकिपाका सचिव सुनिल प्रजापतिद्वारा जारी विज्ञप्तिमा चैत ९ गते बसेको संसद्को बैठकद्वारा पारित राजनीतिक दलसम्बन्धी विधेयकमा गरिएको यो व्यवस्था प्रजातन्त्र र प्रतिगामी भएको ठहर जनाउँदै प्रस्तुत व्यवस्था प्रजातन्त्र विरोधी र प्रतिगामी कदम भएको ठहर गरेको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा ३ दलीय तानाशाही लाद्ने पञ्चायती मानसिकता अनुरुप पारित गरिएको यो विद्येयकले पुँजीवादी निर्वाचनमा प्रशासनिक शक्ति, अन्य भौतिक बल तथा पैसाको व्यापक दुरुपयोग हुने भएकाले निःस्वार्थ रुपले जनता र देशको सेवा गर्ने दलले निर्वाचनमा सदर मतको निश्चित प्रतिशत (थ्रेसहोल्ड) प्राप्त गर्न नसक्ने सम्भावना नरहने उल्लेख गर्दै थ्रेसहोल्ड राख्ने व्यवस्था खारेज गराउन पार्टील नेममिपाले सडक र संसद्मा सङ्घर्ष गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।