शुक्रबार, बैशाख १४, २०८१

६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवसक��� शुभकामना दिदै राष्ट्रपति उपराष्ट्रपति र प्रम प्रचण्डले के भने ?

आवधिक निर्वाचनमार्फत नागरिक अधिकारको सम्मान गर्नुपर्नेमा राष्ट्रपतिको जोड :   
काठमाडौ फागुन ७,   ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबैलाई प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ । त्यस्तै सन्देशमा उहाँले प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा प्राप्त हुन सकोस् भन्दै सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु हाम्रो साझा जिम्मेवारी र दायित्व हो मन्ने मनन गर्नु आवश्यक रहेको बताउँनु भएको छ । साथै संविधानले व्यवस्था bi 3गरेअनुसारको आवधिक निर्वाचनमार्फत नागरिक अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

संविधानको पूर्ण कार्यान्वयन गर्दै राजनीतिक स्थायित्वसहित देशलाई अगाडि बढाउनुपर्ने : उपराष्ट्रपति जोड

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले पनि आज जारी गर्नु भएको शुभकामना सन्देशमा २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न गरेर निर्धारित समयमा संविधानको पूर्ण कार्यान्वयनका साथै राजनीतिक स्थायित्वसहित देशलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।  त्यस्तै उहाँले राष्ट्रिय एकताका साथ देशलाई आर्थिक विकासतर्फ तीव्र गतिमा लैजान सबै नेपालीलाई सत्प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त संविधानबाट प्राप्त उपलब्धिको जगेर्ना गर्दै सुदृढराष्ट्रिय एकताका जगमा मुलुकलाई शान्ति, स्थायित्व, समुन्नति एवम् दिगो आर्थिक विकाससहितको समृद्धिका मार्गमा द्रुतरुपमा अघि बढाउनुपर्ने वर्तमानको आवश्यकताप्रति सबैको ध्यानाकर्षण गराउँनु भएको छ ।

प्रतिबद्धता सहित सकारात्मक सोचका साथ अगाडि बढ्न प्रमको आग्रह:  त्यस्तै गरि प्रधानमन्त्री ‘प्रचण्ड’ले पनि ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै संविधानप्रति मुलुकका सबै समुदायको स्वीकार्यता फराकिलो बनाउने हेतुले सरकारले ल्याएको संविधान संशोधन विधेयकमा सबैको सहमति जुटाउने प्रयत्न सघन रुपमा अगाडि बढिरहेको बताउनुभएको छ ।  साथै प्रम प्रचण्डल राष्ट्रिय एकतालाई मजबुत बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आआफ्नो ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सबै सुरक्षा निकाय तथा नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गर्दै नेपाली जनताले २०४६ सालको पहिलो जनआन्दोलन, १० वर्षे महान् जनयुद्ध र २०६२/ ६३ को दोस्रो जनआन्दोलन र मधेस, थारु, जनजातिलगायत सबै समुदायका न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलिका साथ जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका प्रजातन्त्रका सेनानीहरूप्रति उच्च सम्मान प्रकट गर्नुको अलावा सहिदका अधुरा सपना पूरा गरी लोकतन्त्रलाई संस्थागत गर्न सबैलाई आआफ्ना ठाउँमा इमान्दार र प्रतिबद्ध रही सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ ।