शुक्रबार, जेष्ठ ४, २०८१

 संसद बैठक : महाभियोग प्रस्तावमा छलफल जारी, ससंद सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक स्वीकृत

काठमाडौ मार्ग ५, व्यवस्थापिका– संसद्को आजको बैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल जारी रहेको छ ।  उक्त प्रस्तावमाथिको छलफलमा आजको छलफलमा भाग लिदै सांसदत्रय क्रमस टुकराज सिग्देल, जनकबहादुर बुढा र ममता गिरीले भ्रष्टाचार निवारण गर्न गठित संवैधानिक आयोगको प्रमुखले नै विधिको शासनको खिल्ली उडाने काम गर्नु आफैमा आपत्तीजनक रहेको अभिव्यक्ति सहित महाभियोगकोbicc-1 पक्षमा आफ्नो अभिमत प्रकट गर्नु भएको थियो ।

यसैवीच संसद्को आज बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत गर्नु भएको ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ लाई संशोधन सहित स्वीकृत गरेको छ ।  प्रस्तुत विधेयकमा परेका संशोधन प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री नायकले समयानुकूल रूपमा जनप्रतिनिधिलाई पारिश्रमिक तथा सुविधा दिनेसम्बन्धी व्यवस्था गरिएको जनाउ दिनु भएको थियो । संसद्को अर्को बैठक यही मङ्सिर १४ गते अपराह्न १ बजे  बस्नेछ ।