शनिबार, बैशाख २२, २०८१

यस्तो छ छठ पर्वको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिबाट जारी शुभकामना

काठमाडौ कात्तिक २१ , सूर्य देवता र छठ माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान् छठ पर्वको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै नेपालको संविधानको सफल कार्यान्वयन गर्ने दिशामा अघि बढ्न bidhyaप्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

त्यस्तै शुभकामना सन्देशमा उहाँले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरञ्जनको माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने अवसर जुटाइ राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा महत्वपूर्ण योगदान पु-याएको उल्लेख गर्नु भएको छ ।

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले पनि अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना गरि  मनाउने मौलिक पर्व छठको अवसरमा सम्पूर्ण देशवासीमा हार्दिक शुभकामना व्यक्त गर्दै संविधान कार्यान्वयनका क्रममा देखिएका असन्तुष्टिहरूलाई आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट सम्बोधन गर्दै निर्धारित समयभित्र विभिन्न तहका निर्वाचन सम्पन्न गरेर संविधानलाई पूर्ण कार्यान्वयन गर्न तथा समृद्ध नेपाल निर्माणको नेपाली जनताको चाहना पूरा गर्न सबै नेपालीलाई एकताबद्ध भएर लाग्न प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।