बुधबार, बैशाख १९, २०८१

मन्त्रीहरूको सम्पत्ति विवरण पेस भएको प्रम तथा म.प कार्यालयको जनाउ

  काठमाडौ कात्तिक २०, नेकपा माओवादी केन्द्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेपाली काग्रेस सहितको सयुक्त सरकार गत श्रावण महिनामा गठन भएको सरकारमा सहभागी प्रधानमन्त्री लगायत मन्त्रीपरिषदका सदस्यहरुले सम्पत्ति विवरण सार्वजनिक नगरिएको सवालमा सञ्चारमाध्यममा प्रकाशित captureसमाचार प्रकाशित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसरी प्रकाशित समाचारप्रति कार्यालयको ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता दामोदर रेग्मीद्वारा जारी शुक्रवार जारी वर्तमान सरकार र मन्त्रीपरिषद सदस्य नियुक्ति भएको मितिले ६० दिनभित्रमा सम्पत्ति विवरण पेस गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि प्रधानमन्त्री र केही मन्त्रीले नियुक्त भएको केही दिनभित्रमै आ–आफ्नो सम्पत्ति विवरण पेस गरिसक्नुभएको र यसको प्राप्तिको अभिलेखीकरण राष्ट्रिय सतर्कता केन्द्रको वेबसाइटमा रहेको जनाएको छ ।

साथै विज्ञप्तिमा यसपटक केही मन्त्रीको नियुक्ति अलि पछि भएको र सबै मन्त्रीको सम्पत्ति विवरण प्राप्त भइसकेपछि मन्त्रिपरिषद्ले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपश्चात् सार्वजनिक गर्ने तयारी रहेको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031