बिहिबार, बैशाख २०, २०८१

प्रेस काउन्सिल–सानिमा बैंक पुरस्कार मरणोपरान्त न्यौपाने र बोहरालाई

काठमाडौ मार्ग १४ प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस वर्ष प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार sanima-bankमरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ ।
५ लाख रुपैयाँ राशि रहेको उक्त पुरस्कार दुवै पत्रकारका परिवारलाई संयुक्तरुपमा प्रदान गर्ने सवालमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र बिष्ट र सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल सदस्य एवम् काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल सदस्यसचिव रहेको पुरस्कार छनौट समितिले सर्वसम्मतिले निर्णय गरेको हो ।

प्रेस काउन्सिल नेपालद्दारा जारी विज्ञप्तिमा उक्त पुरस्कार विशेष समारोह आयोजना गरी चाँडै प्रदान गरिने उल्लेख गरिएsf] छ ।