शुक्रबार, बैशाख १४, २०८१

दिवंगत पत्रकार लामाको परिवारलाई महासङ्घको आर्थिक सहयोग

काठमाडौंमार्ग १५ , नेपाल पत्रकार महासङ्घले गत श्रावणमा ब्लड क्यान्सर भएर निधन भएका ललितपुरका पत्रकार दिलीप लामाको परिवारलाई आर्थिक सहयोग 15259506_10211843876722827_2403800213595604192_oप्रदान गरेको छ ।   महासङ्घमा आज आयोजित कार्यक्रममा अध्यक्ष डा महेन्द्र विष्टले लामाकी श्रीमती गीतादेवी ग्याल्बोलेलाई महासङ्घ ललितपुर शाखाको तर्फकाट रु ५२ हजार ९८० र नेपाल अमेरिका पत्रकार सङ्घले उपलब्ध गराएको रु ५ हजार समेत गरि नगद रु ५७ हजार ९८० सहयोग प्रदान गर्नुभएको हो ।

त्यस्तै सहयोग रकमा हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष विष्टले एक पछि अर्को गर्दै होनाहार पत्रकार गुमाउनुु परेकोमा भन्दै दुःख व्यक्त गनुृको अलावा आर्थिक सहयोगले पीडित परिवारलाई थोरै भए पनि राहत मिल्ने विचार व्यक्त गर्नु भएको थियो । साथै उहाँले पत्रकारहरुको भौतिक तथा पेसागत विषयहरुमा समेत सरकार तथा सम्बन्धीत निकायहरुमा छलफल भैरहैको जानकारी दिनु भएको थियो ।

कार्यक्रममा ललितपुर जिल्ला शाखा अध्यक्ष लेखनाथ न्यौपाने, प्रेस चौतारी नेपालका ललितपुर जिल्ला अध्यक्ष डिल्ली आचार्य, प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला अध्यक्ष रामहरि कार्की लगायतको उपस्थित रहेको थियो । फोटो साभार: Lekhanath Neupaneको fbपेज