शुक्रबार, जेष्ठ ४, २०८१

बोहराको निधन पत्रकारिता क्षेत्रका लागि अपूरणीय क्षति

  काठमाडौ मार्ग १३ ,नेपाल पत्रकार महासङ्घले आफ्नो कञ्चनपुर शाखाका पूर्वअध्यक्ष कर्ण बोहराको ३८ वर्षको अल्पायुमै भएको निधनले मर्माहत भएको shok-release-13-mansirजनाएको छ । उहाँ मुटु रोगका साथै मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । ७ महिनादेखि राजधानीमा रहेर श्रीमतीको उपचार गराउँदै आउनुभएका बोहरा राजधानीको मध्यवानेश्वरस्थित भेनस अस्पतालमा मृत भेटिनुभएको थियो । बझाङका बोहराले दुई दशकदेखि कञ्चनपुरमा रहेर पत्रकारिता गर्दै आउनुभएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता जगत्ले योग्य, होनहार, कुशल र ऊर्जावान् पत्रकार गुमाएको महासङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै विज्ञप्तिमा अन्त्येष्टिअघि आयोजित संक्षिप्त शोकसभामा बोहोराको शवमा महासंघ अध्यक्ष डा। महेन्द्र विष्टले महासंघको झण्डा ओढाई सम्मान व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की, भौतिक योजनामन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पाटी माओवादी–केन्द्रका प्रवक्ता पम्फा भुसाल, प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यका साथै राजनीतिक दलका नेताहरू, महासंघका पदाधिकारी, केन्द्रीय सदस्यलगायत दैनिक पत्रिकाका सम्पादक, सहकर्मीहरू, आफन्तजन र ठूलो संख्यामा उपस्थित पत्रकारहरूले श्रद्धाञ्जली अर्पण गरेको उल्लेख गरिएको छ ।  स्वर्गीय बोहोराका दुवै मृगौला फेल भई अस्पतालमा उपचाररत श्रीमती, ७२ वर्षीया आमा र एक दाजु हुनुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031