सोमवार, बैशाख २४, २०८१

उपत्यकाका ७ क्लिनिकमा सिलबन्दी

download-1काठमाडौ मार्ग ३,  स्वास्थ्यमन्त्री गगनकुमार थापाको विशेष निर्देशनामा काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा सञ्चालित रहेको ७ वटा क्लिनिकमा सिलबन्दी गरेको छ । स्वास्थ्य मन्त्रालयबाट आज खटिएको अनुगमन टोलीले बिनादर्ता सञ्चालन रहेको ती क्लिनिकमा सिलबन्दी गरेको जनाएको छ ।

त्यस्तैगरि स्वास्थ्य सेवा विभागका उपस्वास्थ्य प्रशासक डा रामराज पन्थीको नेतृत्वको टोलीले आज काठमाडौँमा २० र ललितपुरमा ११ निजी स्वास्थ्य क्लिनिकमा अनुगमन गरेको थियो । यसक्रममा राजधानीको कलङ्कीस्थित सुभारम्भ डेन्टल क्लिनिक, हक मेडिकल हल, स्पार्क पोली क्लिनिक, कालिमाटी डेन्टल क्लिनिक, सिटी भ्याली डेन्टल क्लिनिकमा भने तालाबन्दी गरेको हो । त्यस्तै गरि ललितपुर जिल्लाको ग्वार्कोमा रहेको कङ्काली मेडिकल हल र नीरञ्जन डेन्टल क्लिनिक एन्ड लगायतका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।