मङ्लबार, जेष्ठ १, २०८१

म्यूजिक एण्ड डाइनमा गुञ्जिए तुलाधरका स्वर

काठमाडौं भाद्र २०, गत शनिवार फेरि एक पटक भिम तुलाधर का स्वर गुञ्जिए । चालीस दशकका सुपर स्टार भीम तुलाधर धेरै वर्षको अन्तराल पछि एक्कासी Anup_20160903_2मञ्चमा देखा पर्न थालियो । दोष, सपनीमा, जिजीविषा, Anup_20160903_1 Anup_20160903_5अंगालो अंगाालोमा जस्ता सदाबहार गीती संग्रह निकाली सकेका भीम तुलाधर यस पटक भने आफना समकालीन साथीहरुको साथमा देखिएका थिए , म्यूजिक एण्ड डाइन विथ भीम तुलाधर मा । ट्याक सिस्टमलाई पर सार्दै लाइभ व्याण्ड संगै प्रस्तुत भएका भीम तुलाधारले यस कार्यक्रमलाई विशेष किसिमले डिजाइन गरेको बताउँदै अरु कार्यक्रममा खाली संगीतलाई मात्र प्राथमिकतामा राखिने गर्छ तर यस कार्यक्रममा भने संगीतले आनन्दित तुल्याउँदै खानाको पनि स्वाद दिने उद्देश्य रहेको पनि बताए ।

आफना समकालीन संजय श्रेष्ठ क्रस रोड तथा ज्योती घिमिरेका साथ मंचमा आएका भीम तुलाधर ले आफना सबै सदाबहार गीतहरु पस्किएका थिए । दोष म, माया, अँगालो अँगालो, मेरो त घरकी आमा लाई आदी गीतले भीम तुलाधरले आफना फयानहरुलाई भुतुक्कै बनाएका थिए । आफनो समयको गीत सुन्न पाएर दर्शकहरु पनि आफैमा गद्गद् भएका थिए । त्यसैमाथी जब संजय श्रेष्ठ ले माया मेरी माया थपे दर्शकहरु भाव विह्ल नै भएका थिए । भीम तुलाधर अनि संजय श्रेष्ठको प्रस्तुति पछि भने रक प्याटनमा ज्योती घिमिरे प्रस्तुत भएका थिए । नशालु तिम्रो आँखै आदी आफना लोकप्रिय गीत संगै आफना दर्शक हरुलाई नचाएका थिए ।

समाजका प्रतिष्ठित, समाजसेवी तथा संचार क्षेत्रका हस्तीहरुलाई सम्मान पनि गरिएको यस कार्यक्रमको प्रमुख अतिथीको रुपमा उद्योग मन्त्री नविन्द्र राज जोशी उपस्थित हुन भएको थियो । सामजमा विशेष योगदान पुर्याउनु हुने सँग सँगै लामो समय आफनो कार्यक्षेत्र लागेर अरु लाई प्रोत्साहित गरि रहने हुने वरिष्ठ फोटोग्राफर राज भाइसुवाल, सहेन्द्र श्रेष्ठ भीम तुलाधार, ज्योती घिमिरे, संजय श्रेष्ठ, राजेश हमाल लगायतका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

यस कार्यक्रममा नव गायक गायिकाहरुले पनि आफनो प्रस्तुति प्रस्तुत गरेका थिए । प्रशन्न पौडेल, रवि रिमाल तथा सोम लामा ले पनि गीत गाएका थिए भने नव प्रस्तोताको रुपमा प्रस्तुति भएका भीम तुलाधरकी छोरी शुभेच्छा तुलाधर ले भने आफना बुबाको सदाबहार गीत मायालु तिमी टाढा हुदाँ गीत गाएर सबैलाई अचम्मितनै तुलाएका थिए ।  क्लासिक बफेट प्वाइंटको आयोजनामा सम्पन्न भएको यस कार्यक्रमले दर्शकहरुलाई चालीसको दशकको सम्झना भने मजाले गराएको कार्यक्रममा उपस्थित दर्शकहरुले प्रतिक्रिया दिए भने आयोजक सर्वज्ञमूनी तुलाधरले फेरि यस प्रकारको कार्यक्रम निरन्तरता दिइ सदाबहार संगीतको संचय र संरक्षण गरिरहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031