मङ्लबार, जेष्ठ १, २०८१

आज १०३ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौ भाद्र २४,  आज नेपाली नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको विभिन्न कार्यक्रमको bpआयोजना गर्दै १०३ औँ  जन्मजयन्ती मनाइँदै छ । काँग्रेसको केन्द्रीय कार्यालय, बिपी सङ्ग्रहालय, सुन्दरीजललगायत देशका विभिन्न कार्यक्रमको आयोजना हुँदै गरेको थाहा भएको छ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण ठानिएको छ ।  विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात् कुनै मुद्दा बिना नै आठ वर्ष कैदमा राखिएका कोइरालाले तत्पश्चात् लामो समयसम्म निर्वासनमा बस्नुभइ २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फकर्नुभएको थियो ।