बिहिबार, बैशाख २०, २०८१

सेवाग्राहीसंग ३ लाख घुस लिदै गरेका सवइन्जिनियर श्रेष्ठ पक्राउ

काठमाडौ भाद्र ५, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ३ लाख घुसरकम सहित काठमाडौँ महानगरपालिकाका Captureवडा न ३ का सवइन्जिनियर दिनेश श्रेष्ठलाई आज पक्राउ गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख  भए अनुसार सवइन्जिनियर श्रेष्ठले घर निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने भन्दै सेवाग्राहीसँग महाराजगन्जस्थित एक रेस्टुराँमा रकम बुझ्दै गर्दाको अवस्थामा घुस रकम सहित पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका सवइन्जिनियर श्रेष्ठमाथि थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ ।