बिहिबार, बैशाख २०, २०८१

नौ प्रतिवादीमध्ये ठेकेदारद्दय लाई मात्र जरिवाना ७ लाई सफाइ

काठमाडौ भाद्र ५, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ४६ करोड ५६ लाखको बिगोसहित कोषको गुरुयोजना निर्माण गर्ने भन्दै अवैध बालुवाखानी सञ्चालन गरी ठूलो रकम हिनामिना गरेको आरोपमा दायर मुद्धाकोको सुनवाइ गर्दै bishesh-adalatविशेष अदालतले पशुपति क्षेत्र विकास कोषको जग्गामा सञ्चालित बालुवाखानीमा भएको भ्रष्टाचार मुद्दामा दुई ठेकेदारलाई जरिवाना ठहर गरेर बाँकी प्रतिवादीलाई सफाइ दिएको छ ।  मोहनरमण भट्टराई, सदस्य नरेन्द्रकुमार शिवाकोटी र महेशप्रसाद पुडासैनीको इजलासले बच्चुराम दाहाललाई करिब रु १४ करोड ५० लाख जरिवाना तथा मीठाराम दाहाललाई रु १४ लाख २६ हजार जरिवाना ठहर गरेको हो ।

अदालतले ९ जना प्रतिवादी भएको प्रस्तुत मुद्दामा दाहालद्वयलाई मात्रै जरिवाना गरेको छ । अदालतले कोषका तत्कालीन सदस्य सचिव सुशील नहाटा र निर्मल कुर्इंकेल, कोषका उपनिर्देशक राजुकुमार रेग्मी, काठमाडौका तत्कालीन स्थानीय विकास अधिकारी महेन्द्र श्रेष्ठ, गोपालप्रसाद पराजुली, प्रेमराज जोशी र प्रशासकीय अधिकृत भीष्मकुमार मल्ललाई सफाइ दिएको छ ।