बिहिबार, बैशाख २०, २०८१

सामाजिक कार्यमा एसएबी पब्लिक स्कुल

काठमाडौं भाद्र ५,  राजधानीको  घट्टेकुलोस्थित एसएबी पब्लिक स्कुलले आफ्नो स्थापना कालदेखि नै विद्यार्थीहरुलाई भोलिका दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्न सक्षम होऊन् अनि राष्ट्रले सोहि अनुसारको असल पुस्ताप्राप्त गर्न सकोस भन्ने उदेश्य राखेर विभिन्न क्लवहरुको गठन र त्यसमा विद्यार्थीहरुको सक्रिय floodvictimsसहभागितामा जोड दिदै आएको छ । यस क्रममा गठित एसएबी इन्टरयाक्ट क्लबमार्फत नेपालका बाढीपीडितहरुलाई थोरै भएपनि सहयोग गर्न सकियोस् विद्यार्थी, शिक्षक तथा अन्य विभिन्न श्रोतहरुबाट करिब २२,हजार रुपैयाँ संकलन गरी बाढीपीडितलाई आवश्यक घरायसी सामान जिल्ला इन्टरयाक्ट परिषदका निर्���ेशक अभिनव शाक्य प्रधानलाई एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ ।

यसका साथै इन्टरयाक्ट क्लवमा सक्रिय रुपले लागेर भोलिका दिनमा पनि असल समाजसेवी तयार गर्न पहलमात्र यस floodvictims1विद्यालयले गरेको छैन, भोलिका लागि नैतिकवान तथा आदर्श पुस्ता निर्माण गर्ने संकल्प पनि यस विद्यालयले लिएको कुरा प्रिन्सिपल मार्क विवर्स वताउनु हुन्छ । यस्ता सानासाना हातबाटनै समाजसेवामा लाग्ने विचार बालक मस्तिष्कमा पार्न सकेको खण्डमा पक्कै पनि भोलि सुन्दर नेपाल निर्माण गर्न सकिने कुरा एसएबी इन्टरयाक्ट क्लबलका संयोजक रुचि भुसालले बताए ।