शनिबार, बैशाख २२, २०८१

आजबाट एसएलसीको ग्रेडबृद्धि परीक्षा सुरु

 भक्तपुर,श्रावण १४,  परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले देशभरका १९२ ओटा परीक्षा केन्द्रमार्फत् आजबाट hseb9एसएलसीको ग्रेडबृद्धि परीक्षा सुरु गरेको छ ।   परीक्षा नियन्त्रण कार्यालयका अनुसार आजदेखि सुरु भएको परीक्षामा नियमिततर्फ १ लाख ८हजार ३२६ जना र एक्जाम्टेडतर्फ ३९ हजार २५७ जना गरी कुल १ लाख ४७ हजार पाँचसय ८३ जना सहभागी भएको जनाएको छ ।

एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीले पूरक अर्थात् ग्रेडबृद्धि परीक्षा दिन पाउने पनिकाले जनाएको छ ।