बिहिबार, बैशाख २०, २०८१

प्रधानमन्त्री दाहालद्वारा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, विस्तारित मन्त्रिपरिषद्का सदस्यलाइ राष्ट्रपति भण्डारीले दिलाए शपथ

माओवादी केन्द्रको तर्फबाट ५ मन्त्री सहित चार राज्यमन्त्रीको सपथ

काठमाडौं श्रावण ३०,  प्रधानमन्त्री पुष्पकमल दाहालले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार काँग्रेसले १३ र माओवादी केन्द्रले ८ मन्त्रालय लिने सहमति भएअनुरुप आज विस्तारित मन्त्रिपरिषदमा जनार्दन शर्मा ऊर्जा, सुरेन्द्र|कार्की सूचना तथा सञ्चार, हितराज पाण्डे सङ्घीय मामिला तथा स्थानीय विकास, धनीराम पौडेल शिक्षा र अजयशङ्कर नायकलाई कानुन, Captureन्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी दिईएको छ ।  यस अघि विस्तारित मन्त्रिपरिषदमा धनीराम पौडेललाइ शिक्षा मन्त्रालयको जिम्मेवारी  दिइने भनिएपनि   राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित पद तथा गोपनीयताको शपथ ग्रहणको क्रममा पौडेललाइ  विना विभागीय मन्त्रालयको जिम्मेवारी  दिईएको छ।

यसैवीच प्रधानमन्त्री सचिवालयका अनुसार प्रम प्रचण्डले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रले थप चार सांसदलाई राज्यमन्त्रीको सपथ दिलाउँने भएको छ । यसरी आज राज्यमन्त्रीको सपथ लिने सासदहरुमा धनमाया विक शिक्षा, श्रीप्रसाद जगेबुलाई सङ्घीय मामिला तथा स्थानीय विकास, सत्यनारायण भगतलाई ऊर्जा र राधिका तामाङलाई कृषि विकास राज्यमन्त्रीको सपथ दिलाउन लागेको  बताएको  छ ।

यसैवीच नव नियुक्त पाँचजना मन्त्रीहरुलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अपरान्ह राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ दिलाउनुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धुव्रराज आचार्यद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  त्यस्तै विज्ञप्तिमा पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका मुख्य सचिव, संसद् सचिवालयका महासचिव, सुरक्षा निकायका प्रमुखहरु, सरकारका सचिवलगायत उच्चपदस्थ पदाधिकारी उपस्थित रहनु भएको उल्लेख गरिएको छ ।