आइतवार, बैशाख १६, २०८१

ने.वि.संघको ११औं महाधिवेशनको चहलपहल(फोटो फिचर )

काठमाडौ श्रावण २१,  नेपाल विद्यार्थी संघको आगामी श्रावण २३ देखि २५ गतेसम्म हुँने ११औं महाधिवेशन आयोजनास्थल राजधानीको भृकुटीमण्डप परिसरमा देखिएको उम्मेदवारहरुको प्रचार सामाग्री एवम विद्यार्थी नेताहरुको 13957428_10204928852459757_884696243_n 13956896_10204928850619711_470800193_n 13941070_10204928850539709_1774418412_n 13937004_10204928850579710_1886419397_n 13933500_10204928850499708_34048179_n (1) 13932962_10204928849819691_1740168647_nचहलपहल ।
नेविसंघको नेतृत्वको दावी गर्दै हासम्म कुन्दनराज काफ्ले, शुभराम बस्नेत, जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, नैनसिंह महर, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी लगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् । अन्य केही नेताहरू घोषणा गर्ने क्रममा छन् ।
यसैवीच संघको ११औं महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न समन्वयका लागि पार्टीले गठन गरेको निर्देशक समितिले १२ औं महाधिवेशनबाट मात्र लागू हुँनेगरि संघमा ३२ वर्षको उमेरको हद लागू हुने गरी विधानको टुङ्गो लगाउँनुको अलावा संघमा अब एक व्यक्ति एक पदको अवधारणा अनिवार्य रुपमा लागू गरिने भएको छ । प्रस्तुत व्यवस्था अनुरुप कुनै एक पदमा बहाल रहेको व्यक्तिले अर्को पदमा उम्मेदवारी दर्ता गरे उसको तल्लो तहको पद स्वतः खारेज हुने विधानत व्यवस्था गरिएको छ ।