बिहिबार, बैशाख २०, २०८१

नेविसंघ बन्दसत्र नगरी नेतृत्व चयनमा जाने, निर्वाचन कार्यक्रम आजदेखि, निर्वाचन मंगलबार

काठमाडौ श्रावण ३०, नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन कार्यक्रम आजदेखि सुरु हुने भएको छ । महाधिवेसन सुरु भएको १० दिन पछि मात्रै निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो । गत हप्ता आइतबार महाधिवेसनको उद्घाटन भएको थियो । काँग्रेसले गठन गरेको विवाद समाधान निर्देशक समितिले समस्या समाधान गरेपनि महाधिवेशन 4प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्न ढिलाइ हुँदै आएको छ । निर्वाचन कार्यतालिका अनुसार आज नामावली प्रशासन र मनोनयन दर्ता हुनेछ ।

भोलि दाबी विरोध, फिर्ता र अन्तिम नामावली प्रकाशन पछि पर्सी मतदान हुनेछ । महाधिवेशन प्रतिनिधिमा विवाद हुँदा बन्दसत्र न नभई निर्वाचन हुन लागेको हो । पर्सी पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ७ देखि साँझ ७ बजेसम्म निर्वाचन हुने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । महाधिवेशनको बन्दसत्र नगरी नेतृत्व चयनमा जाने तयारी भएको निर्वाचन समितिले जनाएको छ ।