बिहिबार, बैशाख २०, २०८१

राष्ट्रिय युवा परिषदद्दारा महाबाणिज्य दुत श्रेष्ठको ध्यानाकर्षण

  काठमाडौं आषाढ ३० , राष्ट्रिय अर्थतन्त्रमा सबैले आफ्नो दायित्व अनुसारको कर तिरेमा राष्ट्र आफै सम्पन्न हुदै जाने र राष्ट्रले बिभिन्न क्षेत्रमा गर्नुपर्ने लगानी गर्न सक्षम हुने बिश्वासका साथ राष्ट्रिय युवा परिषद नेपालले अभियान थालेको छ ।  राष्ट्रिय युवा परिषदका अध्यक्ष सरोज 20160714_110558-(1) hfkhfhfhkfबानियाँले आज जारी गर्नु भएको विज्ञप्तिमा स्वीडेनमा दर्ता भइ नेपालमा व्यापार गरी नाफा आर्जन गर्दै आएका तेलिया सोनेरा कम्पनीले नेपाल सरकारलाई कर बापत तिर्नु पर्ने रकम तिरी नेपाली जनताले देखाएको माया र विश्वासलाई कदर गरोस भन्ने आह्वान गरेको छ ।

त्यस्तै विज्ञप्तिमा तेलिया सोनेरा स्वीडीस कम्पनी भएका कारण स्वीस राजदुताबासलाई उदृत गर्दै नेपालमा रहनु भएको स्वीडेनका महाबाणिज्य दुत गजेन्द्र बहादुर श्रेष्ठमार्फत तेलिया सोनेराले पनि कर बापत लाग्ने रकम नेपाल सरकारलाई तिर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ ।

 परिषदले बुझाएको ज्ञापन पत्र बुझ्दै महाबाणिज्य दुत श्रेष्ठले प्रस्तुत अभियानलाई सम्बन्धित निकायमा सम्म पु-याउने र आफुले यस कार्यलाई अगाडी बढाउनु पहल गर्ने प्रतिबद्वता गर्नु भएको थियो । साथै यस्तो अभियानको सुरुवात गरेकोमा परिषदलाई धन्यबाद दिदै भबिष्यमा पनि यस्ता राष्ट्रिय मुद्दाहरु खबरदारी गर्न समेत अनुरोध गर्नु भएको उल्लेख गरिएको छ ।