बिहिबार, बैशाख २०, २०८१

बाढी पहिरोपीडितको उद्धार गरी राहत वितरण गर्न काँग्रेसको माग

काठमाडौ आषाढ १७ , नेपाली काँग्रेसले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोले पीडित भएका परिवारलाई उद्धार गरी राहत वितरण गर्न माग गरेको छ ।  केही दिनदेखिको अविरल वर्षाका कारण धादिङ, गोरखा, दोलखालगायत देशका विभिन्न nc-flageभागमा मानिस हराएको, पहिरोको बीचमा थुनिएकाले तिनको उद्धार गरी राहत वितरण गर्न माग यस्तो माग गरिएको काँग्रेसले जनाएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्दारा आज जारी विज्ञप्तिमा बाढी पहिरोले पु-याएको क्षतिप्रति सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारको उद्धार र राहतका लागि पार्टीका स्थानीय निकाय, भातृ एवम् शुभेच्छुक संस्थालाई सहयोगका लागि निर्देशन दिनुभएको उल्लेख छ ।