बुधबार, बैशाख २६, २०८१

सर्वसाधारणको सुविधाको लागि प्रहरीद्दारा उपत्यकामा निःशुल्क बस सञ्चालन

काठमाडौ ज्येष्ठ २७,  नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आज आह्वान गरेको नेपाल बन्दका कारण यातायातका साधन नचल्दा bus-1सर्वसाधारणले कष्ट बेहोर्नु परेको पक्षलाइ दृष्टिगत गर्दै नेपाल प्रहरीले आज उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ ।

नेकपा माओवादीले गरेको बन्दले यात्रुलाई सास्ती भएपछि प्रहरीले दुई वटा बस निम्नासारको रुटमा क्रमस नक्साल, मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै नक्साल र अर्को बस नक्साल, पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, एकान्तकुन्ना, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै नक्सालसम्म निःशुल्क सञ्ंचालन गरी सेवा प्रदान गरेको हो । बस बिहान १० देखि ५ बजेसम्म सञ्चालन गरिने प्रहरीले जनाएको छ