शनिबार, बैशाख ८, २०८१

बन्दकर्ताद्वारा सवारी साधनमा आगजनी र तोडफोड

काठमाडौं ज्येष्ठ २७, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आज आह्वान गरेको नेपाल बन्दका क्रममा बन्दकर्ताले राजधानीका विभिन्न स्थानमा सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् ।  यस क्रममा आज बिहान तीनकुनेमा बा१ज २२०६ नंको ट्याक्सीमा आगजनी Captureगरेको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै मनमैजुमा माइक्रो बस, त्रिपुरेश्वर र त्रिभुवन विमानस्थलद्वार अघि साझा यातायात, वीर अस्पताल अगाडि ट्याक्सी र कलङ्कीमा रात्रिबसमा ढुङ्गा प्रहार गरी सिसा फुटाएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले त्रिपुरेश्वरमा बा३ख २२२७ नंको साझा बसमा ढुङ्गा प्रहार गर्दा अगाडिको शिशा फुटेर क्षति भएको जनाएको छ । यसैवीच जबर्जस्ती बन्द गराउँदै हिँडेका बन्दकर्ताको अराजक गतिविधीपछि काठमाडौँमा ३४, ललितपुरमा १४ र भक्तपुरमा ३ र त्यस्तै बनेपाबाट बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य पवित्रा फुयाँलसहित १० जनालाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।