शुक्रबार, चैत्र १६, २०८०

बन्दबाट नागरिकको जनजीवन कष्टकर भएको भन्दै आयोगद्दारा चिन्ता व्यक्त

काठमाडौं ज्येष्ठ २७, राष्ट्रिय मानवअधिकार आयोगले नेकपा माओवादीले आह्वान गरेक बन्दले नागरिकको जनजीवन कष्टकर भएकामा Nepal_NHRC_Press_Release_Biplab_Mao_Banda_Strike_Nep_2073Jestha27चिन्ता व्यक्त गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा बन्दका कारण सवारी साधन नचलेपछि सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको तथा दैन���क रोजगारी लगायत शैक्षिक संस्था र कलकारखाना बन्द हुँदा विद्यार्थी र दैनिक मजदुरी गरेर खाने वर्ग बढी मारमा परेको उल्लेख गर्नुभएको छ ।

त्यस्तै विज्ञप्तिमा विरोधका कार्यक्रम शान्तिपूर्ण र मर्यादित बनाउन बन्दकर्तालाई आग्रह गरिएको छ । ‘‘बन्दले जनजीवन अत्यन्त कष्टकर हुने हुँदा यसतर्फ संवेदनशील बन्दै आपसी छलफल, संवाद र वार्ताको माध्यमबाट सहमति खोज्न आयोग नेपाल सरकार र बन्दकर्तालाई आग्रह गरिएको छ ।  साथै आयोगले बन्दका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ