शुक्रबार, बैशाख १४, २०८१

भद्रगोल बन्दै ‘भद्र सहमति’

काठमाडौ ज्येष्ठ २१, सरकारको नेतृत्व फेर्नेबारे गत वैशाख २३ मा भएको भनिएको ‘भद्र सहमति’लाई लिएर सत्तारुढ दुई प्रमुख दल एमाले र माओवादी केन्द्रबीच किचलो भएको छ । प्रधानमन्त्री केपी ओलीले नौ बुँदेबाहेक कुनै भद्र सहमति नभएको दाबी गरेका छन् । प्रधानमन्त्री oli kp bijayaओलीले बिहीबार एक सार्वजनिक कार्यक्रममा बोल्दै त्यस्तो सम्झौता भएको छ भने लिएर आउन चुनौति दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुले भने बजेट पारित भएपछि सरकार फेर्ने समझदारी भएको जिकिर गरेका छन् ।  माओवादी केन्द्रका नेताहरुका अनुसार यही गठबन्धन कायम राखेर जाने तर सरकारको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि नेतृत्व परिवर्तन गर्ने ‘भद्र समझदारी’पछि गत वैशाख २३ मा दुई दलबीच नौबुँदे औपचारिक सहमति भएको थियो । त्यसोत माओवादी मात्र नभई कतिपय एमालेकै नेताहरूले पनि सार्वजनिक रूपमा ‘भद्र सहमतिबारे बोल्न थालेपछि सरकार परिवर्तनको बहस बढी तातेको खवर आजको कान्तिपुर दैनिकले छापेको छ ।