बुधबार, बैशाख २६, २०८१

सरकारको निर्णयलाई आफूले सहज रूपमा लिएको निवर्तमान राजदूत उपाध्यायको जिकिर

राष्ट्रपति भण्डारीको भारत भ्रमणको तयारी पूरा भएको र अन्तिम समयमा आएर स्थगन हुनु दुःखद

काठमाडौ ज्येष्ठ २, भारतका लागि नेपालका निवर्तमान राजदूत दीपकुमार उपाध्यायले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय राजनीतिक भएकाले त्यसमा आफ्नो थप प्रतिक्रिया नभएको बताउँनु भएको छ ।  सरकारको निर्णयअनुसार आज स्वदेश फर्कनुभएका राजदूत Prabin-K2557उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकारको निर्णयलाई आफूले सहज रूपमा लिएको बताउँदै यस्तो अभिव्यक्ति दिनु भएको हो ।
फिर्ता बोलाएको कारणबारे पत्रकारले सोधेको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “मलाई फिर्ता बोलाउने सम्बन्धमा परराष्ट्र मन्त्रालयले कुनै कारण खुलाएको छैन । उहाँले सरकारप्रति आफ्नो पूर्ण सम्मान रहेको र कुनै मर्यादा उल्लङ्घन नगरेको स्पष्ट पार्दै राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी पूरा भएको र अन्तिम समयमा आएर स्थगन हुनु दुःखद भएको बताए ।