शनिबार, बैशाख ८, २०८१

सिंहदरबार घेराउले राजधानीको यातायात अस्तव्यस्त

काठमाडौ ज्येष्ठ २, मुलुकमा गत २०७२ आसोज ३ गते जारी नयाँ संविधानका केही बँुदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत सङ्घीय गठबन्धन मोर्चाको तर्फबाट आज आव्हान गरिएको संहदरबार घेराउ कार्यक्रमका कारण राजधानीको यातायात पूर्णरुपमा अस्तव्यस्त बनेको Captureछ ।  आज बिहानैदेखि सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलाम २९ दलीय सङ्घीय गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताको धर्नाले सो क्षेत्रमा यातायात अवरुद्ध बनेको हो । त्यस्तै यातायात अवरुद्धका कारण यात्रु पैदलै गन्तव्यमा जान बाध्य भएका छन् ।

सरकारले आन्दोलनकारीलाई आन्दोलन तथा विरोधका कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न आग्रह गर्दै प्रचलित कानुन विपरीत क्रियाकलापमा संलग्न व्यक्ति र समूहलाई हदैसम्मको कारबाही हुने जनाएको छ । धर्नामा गठबन्धनका नेता राजेन्द्र महतो, महेन्द्र यादव, राजकिशोर यादव लगायत सहभागी हुनुहुन्छ ।