बुधबार, बैशाख २६, २०८१

माओवादी केन्द्रको पहिलो बैठक : बहुपदीय प्रणालीमा लैजाने तयारी

काठमाडौ ज्येष्ठ ९, पार्टी एकतापछि राजधानीको पुरानो बानेश्वरस्थित पार्टी प्यालेसम�� बसेको आज बसेको नेकपा माओवादी केन्द्रको पहिलो downloadबैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी सञ्चालन, कार्यविभाजनलगायत एजेण्डा प्रस्तुत गर्दै पार्टीलाई बहुपदीय प्रणालीमा लैजाने विकल्प अघि सारे पनि कुनै नितिगत निर्णय भने हुन नसकेको थाहा भएको छ ।
त्यस्तै बैठकमा अध्यक्ष दाहालले पार्टीको साङ्गठनिक प्रस्तुत गर्नु भएको प्रस्ताव उपर बहुपदीयमा जाने गरी सोमवारको बैठकले  नितिगत   निर्णय गर्ने तयारी रहेको सम्वद स्रोतले जनाएको छ ।

स्रोतका अनुसार    प्रचण्डको प्रस्तावमा ५ जना उपाध्यक्ष, १ जना महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष बनाउने रहेको छ । रामबहादुर थापा बादल र देब गुरुङले सह अध्यक्ष र महासचिवमा दावी गरेपछि बढेको असन्तुष्टी मिलाउँदै सबैलाई चित्त बुझाउन प्रचण्डले यस्तो प्रस्ताव गरेो   बताइएको छ  । माओवादी केन्द्रको अको बैठक सोमबार अपराह्न १ बजे पुनः बस्ने भएको छ ।