शुक्रबार, बैशाख १४, २०८१

प्रधानमन्त्री ओलीले हावादारी कुरा गरेर जनतालाई अल्मल्याई रहेको काँग्रेस सभापति देउवाको आरोप

भैरहवा    ज्येष्ठ ९, ,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली मनमा जे आयो त्यही बोलेर जनतालाई झुक्याईरहेको दावी गरेका छन । भैरहवामा पार्टी प्रशिक्षण कार्यक्रममा उनले घर घरमा ग्यास पुर्याईदिने, रेल कुदाउने, पानी जहाज चलाउने sher-bahadur-deuwa3जस्ता हावादारी कुरा गरेर जनतालाई अल्मल्याई मात्रै रहेको भन्दै ओलीमा बोल्ने तर काम नगरी झुक्याउने चरित्र रहेको दावी गरे ।

प्रधानमन्त्रीले जनतालाई झुठो आश्वासन मात्रै दिने गरेको आरोप लगाउँदै लुम्बिनीमा ५ हजार मानिस अट्ने सभाहल एक बर्ष भित्र बनाउँछु भन्ने कुरा असम्भव भएको दावी गरे ।  देउवाले संविधान कार्यान्वयन चुनौतिपूर्ण रहेपनि संविधान संसोधनमार्फत असन्तुष्टी संबोधन गर्न सकिने भन्दै जनताको आवश्यकता अनुसार संविधान संसोधन हुँदै जाने स्पष्ट पारे ।  उनले एमाओवादी नै सरकार ढाल्नु पर्छ भनेर आफुहरुसँग आएकोले आफुहरुले अघि बढ्न सुझाव दिएको स्पष्ट समेत पारेका थिए ।