शनिबार, बैशाख १५, २०८१

बढि मूल्यमा ग्यास विक्री गर्न पल्लेकेका मानन्धरको ग्यास डिपोमा सिलबन्दी

काठमाडौँ चैत्र ३,  कामपा वडा न २६ नरदेवीस्थित बद्री मानन्धरको नेपाल ग्यास डिपोमा आज वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग र महानगरीय प्रहरी वृत्त जनसेवाको सयुक्त टोलीले आज सिलबन्दी गरेको छ ।
resize_imageग्यास वितरक मानन्धरले विगत लामो समय यता देखि आम उपभोक्ताको वितरणका लागि ल्याईएको ग्या डिपोबाट निर्धारित मूल्य भन्दा बढि मूल्यमा लुकाइ छिपाइ विक्रिी वितरण गर्ने जस्ता अनैतिक रुपमा कालाबजारी गर्दै आएको र गत चैत्र १ गते विक्री वितरणको लागि आएको ग्यास लुकाइ छिपाइ राखेको भन्ने सूचनाको आधारमा गोप्य अनुगमन हुँदा निजको डिपोमा सिलबन्दी गरेको होअनुगमन टोलीले अनुसन्धानको क्रममा वितरण नगरिएका नेपाल ग्यासका २० थान र श्रीकृष्ण ग्यासका १२ थान सिलिन्डर फेला ग्यास वितरक मानन्धरलाइ पक्राउ गर्दै विभागमा उपस्थितिका लागि पुर्जी सहित डिपोमा सिलबन्दी गरेको विभागले जनाएको छ ।